ठगीको आरोपमा एक महिला पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १९ : १९
ठगीको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । ठगीको आरोपमा एक महिला पक्राउ परेकी छन् । पोल्यान्ड पठाउने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस