काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ ।
आज सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनोट हुने सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपाल आईसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट भएको थियो ।
यस्तै क्यानले भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई आउँदो वर्ष सञ्चालन हुने १९ वर्षमुनिको एसिया कपमा छनोट हुन सफल टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने