काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २१.४६ अंकले घटेर एक हजार ८ सय २६ दशमलब २३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६१४ रुपैयाँ पुगेको छ । यस्तै आज तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य पनि ५.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७११.९० रुपैयाँ पुगेको छ ।
आइतबार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार