काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई स्पष्टीकरण सोधेका छन् । स्रोतका अनुसार सभामुख अर्यालले वैशाख १७ गते सोधेको स्पष्टीकरणको जवाफ सचिव राईले सोमबार बुझाएका छन् ।
सङ्घीय संसद्का महासचिव र सचिवको सेवा सर्त र सुविधासम्बन्धी ऐनको दफा ६ को खण्ड (ङ) मा भएको व्यवस्था अअनुसार सभामुखले सचिव राईलाई स्पष्टीकरण सोधेका हुन् ।
कार्यक्षमता नदेखिएमा र पदीय जिम्मेवारीमा जवाफदेही नभएको खण्डमा स्पष्टीकरण सोधेर हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था छ । तर हटाउनुअघि सफाइको मौका दिनुपर्ने हुन्छ । सोहीअनुसार स्पष्टीकरण सोधिएको हुनसक्ने संसद् सचिवालय स्रोतले जनाएको छ
तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते राई सचिव नियुक्तिका लागि सिफारिस भएका थिए ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ बैशाख २०८३, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग