आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी

बुधबार, २३ बैशाख २०८३, ०७ : ३१
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्व समग्रमा २–१ को रोमाञ्चक जित निकाल्दै इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ ।

मंगलबार इमिरेट्स रंगशालामा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली आर्सनल १–० ले विजयी भयो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

खेलको ४४औँ मिनेटमा बुकायो साकाले गरेको एकमात्र गोल आर्सनलको जितमा निर्णायक बन्यो ।

आर्सनल सन् २००५/०६ को सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो । उक्त फाइनलमा आर्सनल स्पेनको बार्सिलोनासँग २–१ ले पराजित भएको थियो ।

उपाधिका लागि आर्सनलले पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस