कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित बरियारपुर रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन ।
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् ।सो क्रममा मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।
कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली, लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेका थियो ।हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ