काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा आज उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। कोलकाताको इडेन गार्डेन मैदानमा खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।
भारत अंक तालिकाको शीर्षमा रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। दुवै टोली दुई खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन्। भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ। आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ।
प्रतियोगितामा ७ खेल जितेको भारत एकमा मात्र अपराजित टोली हो। दक्षिण अफ्रिका ७ खेलमध्ये ६ मा जित हात पारेको छ। यस खेलअघि भारतलाई ठूलो झट्का लागेको छ। अलराउन्डर तथा उपकप्तान हार्दिक पाण्ड्य चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। उनको स्थानमा फास्ट बलर प्रसिद्ध कृष्णलाई टिममा समावेश गरिएको छ।
प्रतियोगिताभर टिमले उत्कृष्ट प्रदर्शन गरेको छ। विराट कोहलीले ७ खेलमा टिमका लागि सर्वाधिक ४ सय ४२ रन बनाएका छन्। १५ विकेट लिएका जसप्रित बुमराह भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्।
दक्षिण अफ्रिकी टोली पनि शानदार फर्ममा छ। विकेटकिपर ब्याटर क्विन्टन डी ककले सर्वाधिक ५ सय ४५ रन बनाएका छन्। उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।
उनको नाममा ७ खेलमा ४ शतक छ। मार्को यान्सनले १६ विकेट लिएका छन्। विराट कोहली, सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गर्न एक शतक टाढा छन्।
समूह चरणको अन्तिम खेलमा भारतले आगामी आइतबार नेदरल्याण्डसँग खेल्दा दक्षिण अफ्रिकाले शुक्रबार अफगानिस्तानसँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित