काठमाडौं। नेकपा (एमाले)को चियापानमा पूर्वउपाध्यक्ष भीम रावल उपस्थित भएका छन् ।दुई वर्षअघि चितवनमा भएको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएयता रावल पार्टीका कार्यक्रममा कमै मात्र देखिने गरेका थिए ।
तर बुधवार भने पार्टीले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा रावल उपस्थित भएका हुन् ।महाधिवेशनमा पार्टीको संस्थापन पक्षको इच्छाविपरीत ओलीविरुद्ध उम्मेदवारी दिएका रावल भारी अन्तरले पराजित भएका थिए । त्यसयता ओली र उनको सम्बन्ध राम्रो छैन।
गत वर्षको चुनावमा पनि रावलले सांसदको टिकट पाएनन् ।चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । यसअघि नेपाली कांग्रेसले चियापान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने