बालकुमारी कलेजका विद्यार्थीले खोसे व्यवस्थापन समितिको माईनट

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १० : ३४

चितवन । बालकुमारी कलेज नारायणगढका विद्यार्थीहरुले व्यवस्थापन समितिको बैठक बसिरहेको ठाउँबाट विधान मस्यौदा र समितिले निर्णय गरेको माईनट नियन्त्रणमा लिएका छन ।

तालावन्दी गरिएको समयमा कलेज व्यवस्थापन समिति र कलेज प्रशासनले विद्यार्थीले उठाएका जायज माग संबोधन गर्नुको सट्टा एकलौटी ढङ्गले संचालन समितिको बैठक बसि विद्यार्थीको माग विपरीतका एजेण्डामा निर्णय गरिएकोले उक्त निर्णय आफुहरुलाई मान्य नहुने भन्दै शनिवार व्यवस्थापन समितिको बैठक वसिरहेको ठाउँबाट विधान मस्यौदा र समितिले निर्णय गरेको माईनट नियन्त्रणमा लिएका हुन् ।

बालकुमारी कलेजमा देखिएका समस्याहरु तत्काल रुपमा सम्बोधन गर्न कलेज प्रशासन समक्ष बारम्बार कुरा राख्दा बेवास्ता गर्ने, कलेज प्रशासनले विद्यार्थी संगठनसँग बारम्बार सहमति गर्ने र कार्यान्वयन नगर्ने हुँदा विभिन्न १० वुँधे माग राख्दै  माग पुरा नहुन्जेल सम्मकालागी कलेज प्रशासन प्रमुख, सहायक क्याम्पस प्रमुख, क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समितिको कार्यकक्षमा गत साउन २२ गतेदेखि बालकुमारि कलेजमा क्रियाशील  पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा विज्ञप्ति निकाली अनिश्चितकालिन तालाबन्दि गरिरहेका छन ।

विद्यार्थीको हक हित र कलेजको शैक्षिक गुणस्तर  कायम गर्नका लागि  जायज माग राखि विद्यार्थीहररूले गरिरहेको आन्दोलनलाई वेवास्ता गर्दै बोर्डको छुट्टै माईनट बनाई कलेजको विधान संशोधन, बजेट पास, कर्मचारी नियुक्ति लगायतका महत्वपूर्ण विषयमा मनपरि निर्णय गर्न लागिएकाले माईनट खोस्नै पर्ने बाध्यता आईपरेको अनेरास्वयु(क्रांतिकारी) बालकुमारी कलेज मुल इकाई समितिका अध्यक्ष रिदम पौडेलले जानकारी दिनुभएको छ ।

विद्यार्थीहरुको माग पुर्णरुपले पुरा नहुन्जेल व्यवस्थापन समितिले आफूखुशि निर्णय गर्न छुट नरहेको र नियन्त्रणमा लिईएको माईनट  आफूहरुसँग सुरक्षित रहेकोले आफ्ना मागहरु पुर्णरुपमा कार्यान्वयनमा आएपछिमात्र फिर्ता गर्ने भनि  माईनट नियन्त्रणमा लिईसकेपछि  कलेजमा आन्दोलनरत चार विद्यार्थी संगठनद्वार हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विद्यार्थीहरुका माग विपरीत कलेज व्यवस्थापन समिति अगाडि बढेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेदार स्वयं कलेज व्यवस्थापन समिति र कलेज प्रशासन हुनेछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस