झापा । झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ वर्षीया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।
एम्बुलेन्स र एम्बुलेन्स चालक इलामको माईजोगमाई नगरपालिका–३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु