भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किए, ६ जनाको मृत्यु

एजेन्सी

सोमबार, १३ कार्तिक २०८०, ०७ : ४६
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किए, ६ जनाको मृत्यु

File pic

एजेन्सी । भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । यस्तै यो घटनामा अन्य २५ जना घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार विशाखापट्टनम–पालासा पैसेन्जर ट्रेन र विशाखापट्टनम रायगढा पैसेँजर ट्रेनको पछिल्लो भाग आपसमा ठोक्किन पुगेको हो । 

यसैबीच आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिएका छन् । 

घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन निर्देशन दिइएको छ । 

यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस