काठमाडौं। दशैं बिदाका कारण लामो समय स्थगित प्रतिनिधि सभाको बैठक आइतवार बस्दैछ ।गत असोज २६ गते बसेर स्थगित प्रतिनिधि सभाको बैठक आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पेश गर्ने कार्यसूची छ ।आइतवारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटरेसले संयुक्त सदनको बैठकलाई सम्बोधन गर्ने जानकारी गराउने कार्यसूची समेत छ ।
महासचिव गुटरेसले मंगलवार संघीय संसद्लाई सम्बोधन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग