काठमाडौं। दशैं बिदाका कारण लामो समय स्थगित प्रतिनिधि सभाको बैठक आइतवार बस्दैछ ।गत असोज २६ गते बसेर स्थगित प्रतिनिधि सभाको बैठक आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पेश गर्ने कार्यसूची छ ।आइतवारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटरेसले संयुक्त सदनको बैठकलाई सम्बोधन गर्ने जानकारी गराउने कार्यसूची समेत छ ।
महासचिव गुटरेसले मंगलवार संघीय संसद्लाई सम्बोधन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित