पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, २० बैशाख २०८३, ०७ : १८
पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

काठमाडौ । ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। 

आइतबार बिहान करिब पाँच बजेतिर खसेको पहिरोका कारण काठमाडौं–हेटौंडा आवतजावत ठप्प बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, सडक विस्तार भइरहेका कारण सूर्यविनायक–साँगा सडकखण्डमा वर्षाका कारण चिप्लोपन बढ्दा सवारी आवागमन प्रभावित भएको छ।

 उक्त क्षेत्रमा सवारी चालकलाई ट्राफिक प्रहरीको निर्देशन पालना गर्दै सावधानीपूर्वक गाडी चलाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस