सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, १८ बैशाख २०८३, ११ : ५७
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी तोलामा चार हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस