काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गरिन् ।
रुस, युक्रेन सेनामा रहेका नेपालीहरू पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको उनले बताइन् । गृहमन्त्री भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले सुशासन कायम गर्ने हो भने गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग माग गरिन् ।
सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने भन्दै प्रश्न गरिन् । भिजिट भिसा प्रकरण छानबिनको लागि अविलम्ब उच्चस्तरीय समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आफूहरूको अडान रहेको उनले उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर