काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गरिन् ।
रुस, युक्रेन सेनामा रहेका नेपालीहरू पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको उनले बताइन् । गृहमन्त्री भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले सुशासन कायम गर्ने हो भने गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग माग गरिन् ।
सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने भन्दै प्रश्न गरिन् । भिजिट भिसा प्रकरण छानबिनको लागि अविलम्ब उच्चस्तरीय समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आफूहरूको अडान रहेको उनले उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक जारी
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित
सर्यो प्रतिनिधि सभा बैठकको समय
प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित
साढे तीन बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस