चितवनमा चार छुट्टा–छुट्टै घटना: एक जनाको मृत्यु, पाँच जना घाइते

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, १० : ५७
चितवनमा चार छुट्टा–छुट्टै घटना: एक जनाको मृत्यु, पाँच जना घाइते

चितवन। चितवनमा शुक्रबार भएका चार छुट्टा–छुट्टै घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चार घटनामध्ये एउटा नदीले बगाएको घटना र तीन वटा सवारी दुर्घटना हुन् ।

बिहीबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका भरतपुर महानगरपालिका–२२ का राजन बोटेको शुक्रबार शव फेला परेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ। बोटेको शव घटनास्थलबाट करिब १५ किमी तल नदीमा फेला परेको हो ।

शुक्रबार मंगलपुरबाट फुलबारीतर्फ आउदै गरेको बा प्र ०६–०१ प ४४८६ नम्बरको स्कुटरले प्रदेश २–०३–०१० प १६८४ नम्बरको रोकि राखेको स्कुटरलाई ठक्कर दिँदा बा प्र ०६–०१प ४४८६ नम्बरको स्कुटर पछाडि सवार भरतपुर–१५ बस्ने ६० वर्षीय मङगरा दराई घाईते भएका छन् । उनको टाउको र गालामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, खैरहनीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट आउँदै गरेको बा प्र ०३–००३ प ५४८६ नम्बरको मोटरसाइकलले तीन पाङ्ग्रे रिक्सालाई ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–४ बस्ने ३८ वर्षीय राम चौधरीको दाहिने हात, खुट्टा र अनुहारमा चोट लागेर घाइते भए । रिक्सा चालक खैरहनी नगरपालिका–२ बस्ने ५७ वर्षीय राम बहादुर परियारको टाउकोमा चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ । दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

खैरहनी–३ को भित्रि सडक खण्डमा ना ४५ प ४५०२ नम्बरको मोटरसाइकलआफै अनियन्त्रित भई पल्टिदा सवारी चालक भरतपुर–९ बस्ने बर्ष ४५ को प्रेम पुनको हात खुट्टा र अनुहारमा चोट लागेर घाइते भएका छन् ।

मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका–९ बस्ने बर्ष ४५ को देब प्रसाद पुनको पनि हात खुट्टा र अनुहारमा चोट लागेको छ । घाइते देवप्रसाद पुनलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ भने चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस