काठमाडौँ । परराष्ट्र मन्त्रालयले गाजामा बन्धक रहेका दुई जनाको रिहाइ गरिनु सकारात्मक रहेको बताएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी हमास समूहले बन्धक बनाएका दुई जनाको रिहाइ हुनु सकारात्मक घटना भएको उल्लेख छ ।
मन्त्रालयले रिहाइको लागि कतार र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ । यस्तै मन्त्रालयले नेपाली नागरिक विपिन जोशी ७ अक्टोबरदेखि दक्षिणी इजरायलमा भएको आक्रमणको दिनदेखि बेपत्ता भएको र उनको अवस्था अझै अज्ञात रहेको उल्लेख गरेको छ । मन्त्रालयले जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाका लागि आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’