गाजामा बन्धक दुई जनाको रिहाइ सकारात्मकः परराष्ट्र मन्त्रालय

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, १९ : ३५
गाजामा बन्धक दुई जनाको रिहाइ सकारात्मकः परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले गाजामा बन्धक रहेका दुई जनाको रिहाइ गरिनु सकारात्मक रहेको बताएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी हमास समूहले बन्धक बनाएका दुई जनाको रिहाइ हुनु सकारात्मक घटना भएको उल्लेख छ ।

मन्त्रालयले रिहाइको लागि कतार र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ । यस्तै मन्त्रालयले नेपाली नागरिक विपिन जोशी ७ अक्टोबरदेखि दक्षिणी इजरायलमा भएको आक्रमणको दिनदेखि बेपत्ता भएको र उनको अवस्था अझै अज्ञात रहेको उल्लेख गरेको छ । मन्त्रालयले जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाका लागि आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस