मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।
वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ कार्तिक २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने