एजेन्सी । अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
सो घटनामा परी अन्य ५० जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ। यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन।
प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत आग्रह गरेको छ। उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ।
सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०९ कार्तिक २०८०, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने