एजेन्सी । अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको छ। अफगानिस्तानले विश्वकपको २२औ खेल ६ बल अगावै जित्न सफल भएको छ ।
इंग्ल्यान्डपछि पाकिस्तानलाई हराउँदै अफगानिस्तानले विश्वकपमा अर्को जित दर्ता गरेको हो।
चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो। टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो।
जवाफमा अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पूरा गरेको थियो। यो जितसँगै अफगानिस्तान अंक तालिकाको छैटौँ स्थानमा पुगेको छ।
अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ८७ रन बनाए। जोर्डनले यस इनिङ्समा १० उत्कृष्ट चौका प्रहार गरे।
रहमत शाह ७७ र कप्तान हसमतुल्लाह साहिदी ४८ रनमा अविजित रहे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ कार्तिक २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानी आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु