काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालै गाजाको अल अहली अस्पतालमा भएको आक्रमणबाट निर्दोष नागरिकले ज्यान गुमाउनु परेको घटनाबाट दुःखी र स्तब्ध रहेको बताएको छ । शुक्रबार रास्वपा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इजरायल र गाजा द्वन्द्वको परिणाम स्वरूप सर्वसाधारणको मृत्यु हुनु गम्भीर र निरन्तर चिन्ताको विषय रहेको बताएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्–‘द्वन्द्वको परिणाम दुवै पक्षका धेरै निर्दोष व्यक्ति र परिवारहरूले भोग्नु परेको पीडा र क्षतिको साक्षी हुनु निराशाजनक छ । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
उनले अहिलेको यो चुनौतीपूर्ण समयमा नागरिकहरूको जीवन रक्षा गर्ने कुरालाई सबैको साझा दायित्वलाई सम्झनुपर्ने बताएका छन् । उनले अहिलेको द्वन्द्वको क्रममा नागरिकहरूको सुरक्षालाई प्रमुख प्राथमिकता दिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । उनले द्वन्द्व समस्याको समाधान नभएको उल्लेख गर्दै शान्ति स्थापनाको कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस
रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने
रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा