एकदिवसीय विश्वकप: विराट कोहलीको शतकमा भारतको लगातार चौंथो जित

एजेन्सी

शुक्रबार, ०३ कार्तिक २०८०, ०९ : १७
एकदिवसीय विश्वकप: विराट कोहलीको शतकमा भारतको लगातार चौंथो जित

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटमा बिहीबार भारतले लगातार चौंथो जित हासिल गरेको छ।

पुनेको महारष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा भएको खेलमा विराट कोहलीको शतकीय इनिङमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गर्‍यो। लगातार चार जित सँगै भारतको न्युजिल्यान्ड समान ८ अङ्क भएको छ। यद्यपि नेट रनरेटमा पछि रहँदा भारत दोस्रो स्थानमा रहेको छ।

रोमाञ्चक शतक पुरा गर्ने क्रममा ९७ रनमा खेलिरहेका विराटले टिमलाई जितका लागि २ रन चाहिएको अवस्थामा छक्का प्रहार गर्दै शतक पुरा गर्दै टिमलाई चौंथो जित दिलाए।टस जितेर पहिले ब्याटिङ गर्दै बंगलादेशले भारत समक्ष २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा भारतले उक्त लक्ष्य ४१.३ ओभरमानै ३ विकेट गुमाएर पुरा गर्‍यो।

भारतको जितमा विराट कोहलीलले १०३ रनको अविजित इनिङ खेले। कोहलीको यो एकदिवसीय अन्तराष्ट्रियमा ४८ औं शतक हो। कोहलीले सर्वाधिक चाँडो २६ हजार रनको कीर्तिमान समेत पुरा गरे। कोहलीले ५ सय ६७ इनिङमा २६ हजार रन पुरा गरेका हुन्। उनी अघि सचिन तेन्दुलकरले ६०० इनिङमा २६ हजार रनको कोसेढुङ्गा पुरा गरेका थिए।

कोहली बाहेक शुभमन गिलले ५३ रन बनाउँदै १० औं अर्धशतक प्रहार गरे। कप्तान रोहित शर्मा भने ४८ रन बनाए।  २ सय ५७ रनको लक्ष्य पछ्याउँदा विराट कोहली र शुभमन गिलले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए।

भारतका श्रेयस अय्यरले १९ रन बनाउँदा केएल राहुल ३४ रनमा अविजित रहे। बंगलादेशका लागि मेहिदी हसन मिराजले २ विकेट लिंदा हसन महुदले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश ४१.३ ओभरमा अलआउट हुँदै २ सय ५६ रनमा समेटिएको थियो। उसका लागि तनजिद हसनले ५१ रन बनाउँदा लिटन दासले ६६ रन बनाए। त्यस्तै महमुदुल्लाहले ४६ रन बनाउँदा मुस्फिर रहिमले ३८ रन बनाए। त्यस्ते टोहीडी ह्रदोयीले १६ रन बनाए। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज र रविन्द्र जडेजाले समान २-२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस