विराट कोहलीको इन्स्टाग्राम अकाउन्ट अचानक गायब

एजेन्सी

शुक्रबार, १६ माघ २०८२, ०८ : ०७
विराट कोहलीको इन्स्टाग्राम अकाउन्ट अचानक गायब

एजेन्सी । चर्चित क्रिकेटर विराट कोहलीको इन्स्टाग्राम अकाउन्ट बिहीबार रातिदेखि अचानक बन्द भएको छ ।

२७ करोड ४० लाख (२७४ मिलियन) भन्दा बढी फलोअर्स रहेको उनको प्रोफाइल सर्च गर्दा अहिले 'यूजर नट फाउन्ड' वा 'पेज उपलब्ध छैन' भन्ने सन्देश देखिने गरेको छ।

कोहलीको अकाउन्ट किन बन्द भयो भन्नेबारे उनले वा उनको व्यवस्थापन टोलीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन। यो कुनै प्राविधिक त्रुटी हो वा कोहलीले जानाजानी आफ्नो अकाउन्ट 'डिएक्टिभेट' गरेका हुन् भन्ने स्पष्ट हुन सकेको छैन।

इन्स्टाग्राममा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीपछि तेस्रो धेरै फलो गरिने खेलाडी कोहलीले एउटै व्यापारिक पोस्टका लागि १२ देखि १४ करोड भारुसम्म लिने गरेका छन्।

क्रिकेटको कुरा गर्दा, कोहलीले भर्खरै १८ जनवरीमा न्युजिल्यान्डविरुद्ध सानदार शतकीय पारी खेलेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा ८५ शतक प्रहार गरिसकेका उनी अबको ६ महिनापछि मात्र मैदानमा देखिनेछन्। भारतको अर्को एकदिवसीय शृङ्खला आगामी जुलाईमा इङ्गल्यान्डविरुद्ध तय भएको छ।

प्रतिक्रिया दिनुहोस