एजेन्सी । भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक बनाएका छन्। न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलमा आइतबार कोहलीले ५४ एकदिवसीय शतक प्रहार गरेका हुन्।
कोहलीले ऐतिहासिक शतक प्रहार गरेको खेलमा भारतमाथि न्युजिल्यान्डले भने नयाँ इतिहास बनाउँदै सिरिज उचाल्यो । तीन खेलको सिरिज न्युजिल्यान्डले २-१ ले जितेको हो । अन्तिम खेलमा न्युजिल्यान्डले भारतमाथि ४१ रनको जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ४६ ओभरमा अलआउट हुँदा मात्र २९६ रन बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराट कोहलीको इन्स्टाग्राम अकाउन्ट अचानक गायब
विराट कोहलीको नयाँ विश्व कीर्तिमान : सचिन तेन्दुलकरको रेकर्ड तोड्दै बने सर्वाधिक 'प्लेयर अफ द सिरिज'
विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान