काठमाडौं । सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताएका छन् । बुधबार काठमाडौंमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक लाइफ इन पेण्डामिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिहरुलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताए ।
उनले पुस्तक विमोचन कार्यक्रममा साहित्यकार वा पत्रकारितामा जीवन बिताएका लेखकको पुस्तक भएकाले पत्रकारहरु नै प्रमुख अतिथि बनाउन योग्य हुने उनको भनाइ थियो । राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरु विभिन्न ठाउँमा उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे