बेइजिङ (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङस्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताए ।
दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको उल्लेख गरे ।
स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलनका आधारमा अगाडि बढाउने काममा वर्तमान सरकार तुलनात्मक रूपले सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले दुई देशका उच्च नेतृत्वबाट भएको भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको बताए ।
“नेपाल र चीनबीचको जनस्तरका साथै द्विपक्षीय सम्बन्ध वाजबुद भएको छ, दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनले गति लिने विश्वास छ”, उनले भने ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ दूतावासमा आयोजित दिवाभोजमा सहभागी हुनुभएको थियो । कार्यक्रममा दूतावासका कर्मचारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असोज २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा, गृहमन्त्रीसँग भेटवार्ता
प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षति धेरै हुन्छ : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक