काठमाडौं । आफूहरूलाई जानकारी नै नदिई नेपाल आयल निगमले एक्कासी डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गरेको भन्दै पम्पहरूले पेट्रोलको बिक्री गर्न बन्द गरेका छन्।
आइतबार साँझ निगमले मूल्य घटाएसँगै सोमबार देशभरका अधिकांश पम्पहरूले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँस्दै यसको बिक्रीमा रोक लगाएका हुन्।
निगमले आइतबार डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो।
‘पेट्रोल छैन’ भन्ने सूचना काठमाडौं उपत्यका मात्र नभएर देशका अन्य जिल्लाहरूमा पनि रहेको पाइएको छ। उनीहरूले आफूहरूलाई थाहै नदिई एक्कासी प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको मूल्य घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिका कारण तत्कालका लागि बिक्री रोक्नुपरेको बताउँछन्।
आफूहरूलाई जनाकारी बिना मूल्य बढाउँदा समस्या आएका कारण निगमलाई दवाव दिनका लागि पेट्रोलको बिक्रीमा रोक लगाएको अन्यथा सर्वसाधारणलाई सास्ती दिने कुनै ‘इन्टेन्शन’ नभएको कलंकीस्थित एक पेट्रोलपम्पका सञ्चालकले बताएका छन्।
यता, पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने पेट्रोलको बिक्री नरोकेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो
पेट्रोलको मूल्य घट्यो, डिजल र मट्टितेलको बढ्यो
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब कति पर्छ ?
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो