दुग्ध संस्थाहरुले एक महिनाभन्दा बढी बाँकी नरहने गरी किसानहरुलाई भुक्तानी गर्नुपर्छ : कृषिमन्त्री भुसाल

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, १६ : ४३
दुग्ध संस्थाहरुले एक महिनाभन्दा बढी बाँकी नरहने गरी  किसानहरुलाई भुक्तानी गर्नुपर्छ : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिएका छन् ।  

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिना भित्र किसानहरुलाई दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन् । उनले दूधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दुधलगायतका उत्पादनहरुलाई धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए । दुधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाई थियो ।

मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहो¥याए । 

प्रतिक्रिया दिनुहोस