काठमाडौँ । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखी रु. ५०० सम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन् । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कार्तिक ७ गते अर्थात् वडा दसैँ (दशमी) को दिन सम्म लागू हुनेछ ।
साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूले आफूलाई आवश्यक सर समानहरू खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनेछन् । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिन देखि कार्तिक ७ गतेसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
ग्लोबल आइएमई बैंकले ‘बजेट ३६०’ प्रयोगमा ल्याउने, यस्ता छन् यसका विशेषता
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा
ग्लोबल आइएमई बैंकको विशेष योजना, फोन पे क्यूआरमा आवद्ध मर्चेन्टलाई स्मार्टफोनको उपहार
विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक