रुपन्देहीको भुजौलीमा एनआईसी एशिया बैंककोे अठारौं शाखारहित बैंकिङ्ग सेवा

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १२ : ४८
रुपन्देहीको भुजौलीमा एनआईसी एशिया बैंककोे अठारौं शाखारहित बैंकिङ्ग सेवा

रुपन्देही । एन आई सी एशिया बैंक लिमिटेडले रुपन्देही शुद्धोधन गाउँपालिकाको भुजौलीमा आफ्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा संचालनमा ल्याएको हो ।

बैंकले शुद्धोधन गाउँपालिकाको भुजौलीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुन चन्द्र चौधरीले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले गंगा ढकाललाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने,स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस