भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी

विहीबार, २५ असोज २०८०, ०९ : ४३
भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ । भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार राति भएको दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो ।

बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस