काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ जाने भएका छन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्। याेपटक २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने सरकारको तयारी छ। विद्यार्थीलाई लिन आजै विमान इजरायल जाँदैछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का