काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।
यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री सुरु गरेको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई चार लाख कित्ता निष्कासन गरेको थियो । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८० हजार कित्ता, कर्मचारीका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूलाई ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन