काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।
आइतबार सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जारी गरिएको विज्ञप्तिमा कांग्रेसले ‘नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु-याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’ उल्लेख गरिएको छ ।
इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको छ । हमासको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ असोज २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन: काँग्रेस
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण