काठमाडौँ । नेकपा एमालेका नेता वचनबहादुर सिंहले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले सुदूरपश्चिमका प्रदेश सचिवालय सदस्य समेत रहेका सिंहले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सिंहले पार्टीका युवाहरूको प्रतिनिधित्व गर्दै आफू अध्यक्षको उम्मेदवार बन्न लागेको बताउँदै आफ्नो नाममा सर्वसम्मत हुने सम्भावना रहेको दाबी समेत गरे ।
अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरेका सिंहले प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेको पनि बताए । उनले पार्टीको मूल नेतृत्वले लिएको नीतिलाई कार्यान्वयन गर्दै प्रदेशमा पार्टीलाई एकताबद्ध र सुदृढ गर्न उम्मेदवारी भएको बताए ।
एमाले सुदूरपश्चिमको अधिवेशन अगामी असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।
अध्यक्षमा केन्द्रीय सदस्य झपट रावल, लालबहादुर थापा लगायतको चर्चा चलेका बेला उनीहरू प्रतिनिधिमा नआएपछि दोस्रो तहका नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र अछामकै अहिलेका प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकाङ्क्षा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न