काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्को मूल्यवृद्धिको बेलामा सरकारको उपस्थिति नदेखिएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देश आर्थिक मन्दीले थलिएर ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको बताए ।
उनले भने, ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइनले चामलको बोरालाई अहिले तीन हजार पर्छ। दाल, चिनीलगायत तरकारीको मूल्य आकासिएको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ। यति बेला सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो। त्यसैले देखावटी होइन साँचै मूल्यवृद्धि नियन्त्रण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल