काठमाडौ । गम्भीर विरामी परेर अस्पताल भर्ना भएका पार्टी सचिव डिलाराम आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा पुगेर भेटेका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान वीर अस्पतालमै पुगेर नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका आचार्य तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अस्वस्थ भएका हुन्।
अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक अस्वस्थ भएपछि उनलाई बुधबार हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो।
उनलाई सुरुमा स्थानीय बयलपाटा अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि हिजै काठमाडौँ ल्याइएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।
आचार्यमा प्यारालाइसिस जस्तो लक्षणसहितका समस्या देखिएको चिकित्सकले बताएका छन्। प्रचण्डले आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने