काठमाडौ । गम्भीर विरामी परेर अस्पताल भर्ना भएका पार्टी सचिव डिलाराम आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा पुगेर भेटेका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान वीर अस्पतालमै पुगेर नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका आचार्य तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अस्वस्थ भएका हुन्।
अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक अस्वस्थ भएपछि उनलाई बुधबार हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो।
उनलाई सुरुमा स्थानीय बयलपाटा अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि हिजै काठमाडौँ ल्याइएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।
आचार्यमा प्यारालाइसिस जस्तो लक्षणसहितका समस्या देखिएको चिकित्सकले बताएका छन्। प्रचण्डले आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा भूमिहीन दलित सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण
प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन
प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई
सरकार, युवा र महिला उद्यमी मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण