बिराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको बताएका छन। बिराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको प्रष्ट पारे । उनले मध्यावधिमा गए अरू दलको सिट घट्ने पनि बताए । मध्यावधि भए एमालले १५ सिट बढाउँने दाबी गरे । अहिले राज्यको खर्च हुने भएकाले मध्यावधिमा जानु अनुचित हुने उनको भनाई थियो ।
अध्यक्ष ओलीले अहिले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको पनि बताए । बिभिन्न अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको भन्दै ओली यस्ता अभिष्ट पुरा नहुने पनि प्रष्ट पारे।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि जिकीर गरे । उहाँ सन्चै जानु भएको र सन्चै आउनु भयो अरू प्रगति नभएको ओलीले भनाई थियो ।
महाकालेश्वर देखि मानसरोवर सम्मको धार्मिक यात्रालाई उनले पाप पखाल्न गएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि