काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटमा नेपाली टोलीले भारतसँग हारे पनि नेपाली खेलाडीको प्रतिस्पर्धा गर्ने क्षमता बढेको बताएका छन् ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष क्रिकेटमा भारतसँग नेपालले २३ रनले हारेको थियो ।
भारतसँग हारेलगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ । कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ। शुभ बिहानी !’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी