काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट बिच भेटबार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसले भेटबार्ता गरेकी हुन् ।
गत आइतबार साँझ काठमाडौं आइपुगेकी अल्ब्राइटले आज प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन्। हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेकी थिइन् ।
प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिना नाघेको छ । सो परियोजना कार्यान्वयनमा आए पछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।
अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको एमसीसी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक