चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार राती सवा २ बजे आफ्नै पसल अगाडि रहेको विरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठुलो भई असर पार्ने भन्दै विरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान अन्तर्गत यो सडकमा विरुवा रोपिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बीमाका बिरामीले भर्ना पाएनन्, अस्पतालका शय्या भरिभराउ
भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिने
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल
भरतपुर भ्रमण वर्षमा बाघ देखाइने
आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिनका लागि बन्द
भरतपुरको ग्रीनल्याण्ड स्कुललाई सिंगापुरमा 'इनोभेटिभ स्कुल अवार्ड'