काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र चीनको औपचारिक भ्रमण सफल रहेको बताएका छन् ।संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले दुवै देशको भ्रमण सफल रहेको बताएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल रहेको बताउँदै विभिन्न सम्झौताहरूमा हस्ताक्षर भएको जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १२ : २१
लेखकबाट थप