रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए ।
“हामिले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, यो योजना हामीले सफल पारेरै छाड्ने छौा”, मुख्यमन्त्री शर्माले भने । त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए । “हामी १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौँ, अनुदानमार्फत नभएर बीउपुँजी अन्तरगत युवालाई रकम सहयोग गरेर उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने योजनाका साथ प्रदेश सरकार लागेको छ”, मुख्यमन्त्री शर्माले भने । कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उनले बताए ।
राजनीतिक अस्थिरताका कारणले भने सरकारमा बसेर काम गर्न केही समस्या भएको उनले बताए । आफूले तीन पटकसम्म विश्वासको मत लिएको प्रसङ्गलाई जोड्दै नेपालको अस्थिर राजनीतिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो । रासस
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ असोज २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)