काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् । उक्त अवसरमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस