काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् । उक्त अवसरमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा : प्रधानमन्त्रीसँगै छलफलको तयारीमा राष्ट्रपति