काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बुधबार ललितपुरमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न नसक्ने भन्दै संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘ऐनलाई सच्याउनुपर्ने छ । २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न सक्दैनौँ । हामी सबै पर्यटन ऐन र संस्कृति ऐन संशोधन गर्नका लागि समिति बनाइसकेका छौं ।’
उनले कोभिड महामारीका कारण सङ्कटमा धकेलिएको व्यवसाय ९२ प्रतिशतले सुधार भएर लयमा फर्किरहेको बताए । उनले भने, ‘कोभिडका कारण हाम्रो मात्र नभएर संसारभरिकै पर्यटन व्यवसाय सङ्कटमा धकेलियो अहिले लयमा फर्किएको छ, आज हामी ९२ प्रतिशतले रिकभर भएका छौं ।’
मन्त्री किरातीले यो वर्षको अन्तिमसम्म पुग्दा लयमा फर्किसक्ने दाबी गर्दै अर्को वर्षदेखि हाम्रो लक्ष्य र योजनाअनुसार अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त दुई मन्त्रीले लिए सपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री