काठमाडौँ । ड्रोन उडाएर एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । मङ्गलवार अधिवेशनको बन्द सत्रसँगै नयाँ नेतृत्व चयनका लागि प्रत्रिया सुरु हुने एमाले नेताहरूले बताएका छन् ।
अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ । प्रदेश अध्यक्ष पदमा पाँच नेताले आकांक्षा प्रकट गरेका छन् ।
एमाले बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल तथा प्रदेश नेता नुवाकोटका केशवराज पाण्डे, चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठले आकांक्षा देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित
एमाले महाधिवेशन : आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त, कसले मार्ला बाजी ?