काठमाडौं । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन ।
एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर आज बिहान स्वदेश फर्कन लागेका हुन ।
सभामुखको सचिवालयका अनुसार आइतबार बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट सभामुख घिमिेर स्वदेश फर्कन लागेका हुन । सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफनो भ्रमणका उपलब्धीका बारेमा जानकारी गराउने छन् ।
भ्रमणकाे अन्तिम दिनमा सभामुख घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका थिए ।
राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।
सो भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने ।
उनले त्यहाँका सभामुख, मन्त्रीहरूलगायतसँग भेटबार्ता तथा संसदकाे अवलाेकन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे