दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, २० : ००
दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या

दाङ । दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका– ११ बेलटाकुराका ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा ६५वर्षीया चन्द्रकुमारी हमाल र उनका ४५ वर्षीय छोरा वीरबहादुर हमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । टेकबहादुरले बाटोमा अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस