क्रिकेटलाई जिल्ला र प्रदेशदेखि नै बलियो बनाउन प्रयासरत रहन्छुः पारस खड्का

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १९ : २७
क्रिकेटलाई जिल्ला र प्रदेशदेखि नै बलियो बनाउन प्रयासरत रहन्छुः पारस खड्का

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने बताएका छन् ।

सचिवमा निर्वाचित भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहने बताए ।

क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका थिए । उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस