काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।
तर सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
क्यानको महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा पदाधिकारीका लागि मतदान सुरू
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान